PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खुलामञ्चबाट थापाथली सारियो निःशुल्क भोजनस्थल, आश्रित भन्छन्, ‘पहिलेभन्दा व्यवस्थित भयो’

खुलामञ्चबाट थापाथली सारियो निःशुल्क भोजनस्थल, आश्रित भन्छन्, ‘पहिलेभन्दा व्यवस्थित भयो’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विभिन्न समूह र काठमाडौँ महानगरपालिकाबीच भएको समझदारी अनुसार बुधबारदेखि थापाथलीमा निःशुल्क भोजन गराउने कार्य सुरु भएको छ।

खुलामञ्चमा खाना नखुवाउन महानगरले निर्देशन दिएपछि उक्त कदमको आलोचना भएको थियो। आलोचनापछि महानगरले खाना खुवाउने कार्यमा संलग्न संस्थासँगको परामर्शमा हाल अस्थायी स्थान तोकेको हो। थापाथली अस्पताल नजिकै वाग्मती नदी किनारमा खाना खुवाउने स्थान तोकिएको छ।

आउने दिनमा खाना खुवाउने कार्यलाई थप व्यवस्थित गरिने महानगरले जनाएको छ। महानगरले यसअघि खाना खुवाउन पार्टी प्यालेसमा व्यवस्था गरिदिने बताएको थियो। हाल त्यसबारेमा पनि छलफल चलिरहेको बताइएको छ।

कोरोनाका कारण रोजगारी गुमेका तथा असहायहरुलाई खुलामञ्चसहित अन्य स्थानमा विभिन्न संस्थाहरुले भोजन गराउँदै आएका छन्। यसअघि दैनिक ३५० हाराहारीमा व्यक्तिलाई खाना खुवाइने गरेकोमा बुधबार एक सयको हाराहारीमा मात्र सहभागी रहेको संलग्न संस्थाहरुले जनाएका छन्।

बुधबार खाना खान थापाथली पुगेकाहरुले खुलामञ्चभन्दा आजबाट खाना खुवाउन सुरु भएको स्थान व्यवस्थित भएको बताए। खाना खुवाउने स्थान टाढा भए पनि पहिलाभन्दा शान्त र सफा भएको उनीहरुले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell