PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा बुधवार ४४० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ४७ महिला र ७७ पुरुष रहेका छन्। मोरङको सुन्दरहरैचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८/८, कटहरी र मिक्लाजुङमा ६/६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५/५, लेटाङमा ४, सुनबर्षीमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ। सुनसरीको इटहरीमा ४३, रामधुनीमा ११, धरान, बराहक्षेत्र र इनरुवामा ६/६, दुहवीमा ३, गढी, देवानगञ्ज र बर्जुमा २/२, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता झापाको दमकमा १६, विर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३/३, हल्दिबारी,  शिवसताक्षी, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २/२, गौरीगञ्जमा १, इलामको इलाम नगरपालिकामा ७, सुर्योदयमा ३, रोङ र फाकफोकथुममा १/१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा ५/५ र उदयपुर गढीमा १, संखुवासभाको मकालुमा ३, पाँचखपन र खाँदबारीमा १/१, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा १/१, धनकुटाको महालक्ष्मी र धनकुटामा १/१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधवार १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीआर परीक्षण गरिएकामध्ये १४६ महिला र २९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ८० हजार ५३० जनाको पीसीआर परीक्षण गरिएकोमा संक्रमितको संख्या २४ हजार ५१६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधवार ३६३ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ३५४, मेची अस्पतालबाट ६ र होटल एशियाटिकबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २३१ पुगेको छ।

मन्त्रालयको तथ्याकं अनुसार प्रदेश १ मा झापाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell