PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मदन भण्डारी अस्पतालको व्यवस्थापन समिति सदस्य मनोनीत



फूलमाया पुरी

मदन भण्डारी अस्पतालको व्यवस्थापन समिति सदस्य मनोनीत

विराटनगर : मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ।

प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मनोनित सदस्यमा  भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टीकाकुमारी भट्टराई र विशाल आङदेम्वेलाई रहेको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईले जानकारी दिए।

मन्त्रालयमा बुधवार आयोजित एक कार्यक्रममा उक्त सदस्यहरुलाई मनोनित गरिएको हो। मनोनित सदस्यहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा ध्यान दिन आग्रह गरे। मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सदस्य मनोनित गरेको उनले बताए।

प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने व्यवस्था उल्लेख छ।

व्यवस्थापन समितिमा सम्बन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग बाणिज्य संघको प्रमुख, जिल्ला रेडक्रस सोसाईटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell