PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

समानान्तर दस्तावेजको बाटो एकतातर्फको बाटो अवश्य होइन : शंकर पोखरेल



पहिलोपोस्ट

समानान्तर दस्तावेजको बाटो एकतातर्फको बाटो अवश्य होइन : शंकर पोखरेल
फाइल फोटो।

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताले पूर्णता नपाउदै समानान्तर दस्तावेजको बाटो अपनाउनु एकतातर्फको बाटो नभएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको बुधवारको सचिवालय बैठकबारे टिप्पणी गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिकृया दिएका हुन्।

पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा त्यसो नभएको उनले असन्तुष्टि व्यक्त गरे।

मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई बैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ। पार्टी एकताले पूर्णता नपाउदै समानान्तर दस्तावेज बाटो एकतातर्फको बाटो अवश्य होइन।’

 

पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत...

Gepostet von Shankar Pokhrel am Mittwoch, 18. November 2020

छलफलको लागि तय गरिएको दश दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालय सदस्यहरु गम्भीर बन्न उनले आग्रह गरे।

‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गम्भीर बन्नुहोस्। अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न शुरु गर्नेछ,’ उनले फेसबुकमा लेखेका छन्।

विवाद समाधानका लागि बुधवार बसेको नेकपा सचिवालय बैठक दश दिनमा फेरि बस्ने ‘भाका’ राख्दै सकिएको हो। बैठकमा पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सचिवालयको औचित्यमाथि नै प्रश्न गर्दै सचिवालय सदस्यबाट सामूहिक राजीनामा दिएर स्थायी कमिटीका सदस्यहरुलाई पार्टी नेतृत्व सुम्पिने प्रस्ताव राखेका थिए।।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell