PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने



पहिलोपोस्ट

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

नेपाली स्पीनर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने भएका छन्। यो सिजनका लागि सन्दीपले बिग ब्यासमा हुरिकेन्ससँग आबद्ध हुने हुरिकेन्सले जनाएको छ।

यसअघि बीबीएलमा दुई सिजनमा २० खेल खेलेका सन्दीपले कुल २६ विकेट लिएका छन्। यसअघि इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न यूएई पुगेका सन्दीपले कुनै खेलमा अवसर भने पाएनन्।

सन्दीप बीबीएलका लागि हुरिकेन्समा जनवरीबाट जोइन हुने बताएका छन्।

‘मैले अस्ट्रेलियामा सँधै समर्थनमा माया पाएको छु। र, बिग ब्यासको उच्चस्तरको प्रतिस्पर्धा सँधै उत्साही हुन्छ। ब्लन्डस्टोन एरेनामा खेल्नको लागि पर्खाइमा छु।’ सन्दीपले भनेका छन्।

त्यस्तै हुरिकेन्सका प्रशिक्षक आडम ग्रिफ्तले सन्दीपको उपस्थितिले टिमको बलिङमा राम्रो हुने बताएका छन्।

‘हामीले देखेका छौं कसरी सन्दीपले उनको स्पीनले कसरी ‘गेम चेन्ज’ गर्छन्। र, उनले पारीको कुनै पनि अवस्थामा बलिङ गर्न सक्छन्। उनी आफूलाई प्रमाणित गरिसकेको ‘विकेट टेकर’ हुन जसले हाम्रो बलिङ ग्रुपमा अर्को आयाम थप्ने छन्।’

सम्झौता रकमबारे भने क्लबले खुलाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell