PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगंज–रक्सौल नाका : नेपालले सीमा बन्द गरे पनि रक्सौल गुलजार, पुनः सुक्न थाल्यो नेपाली व्यवसाय



राधेश्याम पटेल

वीरगंज–रक्सौल नाका : नेपालले सीमा बन्द गरे पनि रक्सौल गुलजार, पुनः सुक्न थाल्यो नेपाली व्यवसाय

वीरगंज : वीरगंज–रक्सौल नाका नाम मात्रको बन्द रहेको देखिएको छ। भारत सरकारले गत कार्तिक ५ गते एकतर्फी रुपमा भारतीय सीमा आउजाउका लागि खोलेपछि नेपाल सरकारको सीमा बन्दको नियम पालनामा कठिनाई भइरहेको छ।

नेपाली अधिकारीहरुका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा एक देशले लकडाउन लगाएको र एक देशले लकडाउन खोलेको अवस्थामा सीमा क्षेत्र व्यवस्थित गर्न समस्या भइरहेको बताउँछन्।

जिल्ला सुरक्षा समिति पर्साका एक सदस्यले भने, ‘भारतले सीमा खोलेको छ, नेपाल सरकारले मंसिर मसान्तसम्म सीमा सिल राख्ने भनेको छ, तर दुई देशका जनता कन्फ्युजनमा छन्, कसैले बन्दको अवस्था मान्न तयार छैनन, उनीहरु पुरानो लयमा फर्किन खोजिरहेका छन्।’

यसरी दैनिक रुपमा वीरगंज–रक्सौल नाकामा ओहोरदोहोर गर्नेको संख्या बढ्दो छ। भारत सरकारले चाडपर्वमा भारतीय सीमा क्षेत्रका बजारमा चहलपहल बढाउने योजना छ भने भने नेपाली होटल तथा पर्यटन व्यवसायय पनि नेपाल सरकारले सीमा खोलेर नेपाली बजारको होटल तथा पर्यटन व्यवसायको महोल बनाउनतर्फ सरकारको ध्यानु जानुपर्नेमा जोड दिन्छन्।

बिहार विधानसभा चुनावको पूर्ब सन्धयामा भारतले सीमा खोल्दा नेपालमा फसेका नेपालीहरु स्वदेश फर्के भने दशैं, तिहार र छठको अवसरमा भारतीय बजारलाई पनि फाइदा भएको छ।

नेपाल कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जान सक्छ भन्ने कारणले नेपाल सरकारले भारतबाट आउजाउ रोक्न मंसिरसम्म सीमा बन्द नै राख्न चाहन्छ। तर अब नेपाली सीमावर्ती क्षेत्रका जनता तथा राजनीतिक दलका अगुवाहरु पनि सीमा खोलेर होटल तथा पर्यटन व्यवसयालाई पुर्नउत्थान गर्न तर्फ सरकारले नीति लिनु पर्ने जोड दिएका छन्।

वीरगंजसम्म आएर पैदल मितेरी पुलकै बाटोबाट भारत विभिन्न शहरमा गएर हवाई यात्रासमेत गर्ने गरेका छन्। नेपालभन्दा भारतीय बजारमा सस्तोमा खद्यान्न तथा लत्ताकपडा, कस्मेटिक समाग्री पाइने भएकोले भारतीय सीमावर्ती बजारको आकर्षण पुरानै छ।

रक्सौलमा अहिले काठमाडौं, चितवन, हेटौडा, वीरगंज, कलैया, निजगढ, चपुरलगायत क्षेत्रबाट बजार गर्नेहरु आउने गरेका छन्। वीरगंज भन्सारको पुरानो कार्यालयबाट पैदल मितेरी पुलसम्म पुगेपछि अटोले रक्सौल पुर्‍याइदिन्छ। यसमा दुई देशबाट आउजाउ गर्ने हजारौ सर्वसधारणलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीले जति सम्झाउँदा वा रोकदा पनि सीमा क्षेत्रमा आउजाउ रोक्न नसकिएको एक जना सशस्त्र प्रहरीका अधिकृत बताउँछन्।

‘सीमा क्षेत्रबाट आफन्तजन कहाँ जाँदैछु, अस्पतालमा जाँदैछु, खेलबारीमा जाँदैछु भन्छन्,’ उनले भने, ‘बजार गर्न गइरहेको छु, कति जनालाई रोक्ने, कहाँ राख्ने, कतिपटक झडपको महोल पनि बन्यो, त्यस कारण उच्च सतर्कता अपनाएर समान जाँचमात्र गर्न भ्याएका छौ।’

भारतले सीमा एकतर्फी रुपमा खोलेपछि रक्सौलको बजार गुलजार भएको छ भने वीरगंजको बजार पुनः सुक्न थालेको व्यवसायीहरुको भनाई छ।

रक्सौलका पत्रकार राजेश केशरीवालका अनुसार रक्सौल बजार कोरोना महामारीको बेला सीमा बन्द हुदाँ करिब ७ महिना ठुलो घाटा बेहोरेको थियो, तर भारतले सीमा खोलिदिएपछि नेपालीहरु जान थालेका छन्, पुनः रक्सौलमा कारोबार तथा चहलपहल बढने थालेको छ।

यता, वीरगंजका व्यवसायीहरुले सीमा बन्द हुँदा भन्सार छलेर वा तस्करीको समान नेपाल भित्रिनुमा रोकजस्तै लागेको बताउँछन्। ‘लकडाउनमा वीरगंज खुल्दा राम्रो कारोबार भएको थियो, उद्योगीको माल बिक्री पनि नगदमै हुन्थ्यो,’ उनले भने, ‘अहिले पुनः वीरगंज बजारको बिक्री घटन थाल्यो, सबै रक्सौल नै जान थालेका छन्, उद्योगीको उद्धारोमा पुनः माल जान थालेको छ।’

चाडपर्ब तथा बिहेबारीको समयमा लत्ताकपडा, किराना सामाग्री, बिस्कुट, कस्मेटिक समान, चिनीलगायत समान नेपाली बजारभन्दा सस्तोमा पाउने गरेको सीमा क्षेत्रका नेपालीहरुको बुझाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell