PahiloPost

May 28, 2025 | १५ जेठ २०८२

चीनमा मुस्लिममाथि भएको दमनको वीरगंजमा विरोध



राधेश्याम पटेल

चीनमा मुस्लिममाथि भएको दमनको वीरगंजमा विरोध

वीरगंज : चीनको उइगुरमा मुस्लिम समुदायमाथि भएको दमन, शोषण तथा मान अधिकारको हननको घटनाप्रति वीरगंजका मुस्लिम समुदायले विरोध जनाएका छन्। वीरगंजका ईस्लाम धर्मावलम्बीहरुले घटनाको निन्दा गर्दै  प्रदर्शनसमेत गरेका छन्। जमिअत उल्माए नेपाल वीरगंजको अगुवाईमा वीरगंजमा चीन विरोधी प्रदर्शन भएको हो।

उनीहरुले स्थानीय प्रशासनलाई ज्ञापन पत्रसमेत बुझाएका छन्। जमिअ उल्माए नेपालको केन्द्रीय सहाध्यक्ष मौलाना अलि असगर मदनीको नेतृत्वमा छप्कैयास्थित यतिमखानाबाट घण्टाघरसम्म र्‍याली निकाली विरोध प्रदर्शन गरिएको थियो।  कार्यक्रममा केन्द्रीय सचिव मौलाना अमिर हम्जा, केन्द्रीय सदस्य मौलाना सबिर काश्मी,  मुफ्ती जहुर, अहमद नोमानी र जिल्ला पर्सा जमिअत उल्माए नेपाल अध्यक्ष कारी नेक महम्मद, सचिव मौलाना रफिक, बारा जमिअत उल्माए नेपालका अध्यक्ष मौलाना सुलेमान, मौलाना अब्दुल कादिर, विद्यार्थी संघ पर्साको अध्यक्ष कारी अतिउल्लाह, सचिव मोहम्मद रिजवान, जिल्ला बाराको अध्यक्ष सगीर काश्मी, सचिव मोहम्मद जावेदलगायत विभिन्न मुस्लिम समुदायका अगुवाहरुको सहभागिता रहेको थियो। प्रदर्शनपछि पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई चीनमा मुस्लिम समुदायमाथि भइरहेका दमन, शोषण रोक्न नेपाल सरकारले पहल गर्न अपिल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell