PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

को.प्रो/पास कार्यशालाका लागि छानियो नेपाली फिल्म 'टच मी नट'



पहिलोपोस्ट

को.प्रो/पास कार्यशालाका लागि छानियो नेपाली फिल्म 'टच मी नट'

काठमाडौं : नेपाली फिल्म 'टच मी नट' को.प्रो/पास वर्कसपका लागि छनौट भएको छ। उक्त फिल्म सह निर्माण कार्यशालाका लागि नेपालसँगै बंगलादेश र भारतका ६ फिल्म रहेका छन्।

बंगलादेशको 'द सब वे' छनौट भएको हो। त्यस्तै भारतको 'हस्नौहाना', 'कोट्कापिटे मेटाङ', 'द डिसापेयरिङ फ्लावर' र 'द स्टिङ्क अफ राइपेनिङ्' रहेका छन्।

नेपालको 'टच मी नट'मा अर्जुन सुवेदीलको निर्देशन रहनेछ। त्यस्तै जितेन्द्र खतिवडाको लेखन तथा निर्माण रहनेछ।

आर्ट हाउस एसिएन फिल्म फेस्टिभलको प्रस्तुति रहेको फिल्‍म सहनिर्माण कार्यशाला आउँदो जनवरी १२ देख १६ सम्म चल्नेछ।

यस कार्यशालामा दक्षिण एसियाका फिल्म निर्माता एवं लेखकहरू सहभागी हुन पाउँछन्। यो कार्यशालाको दोस्रो संस्करण हो। कोभिड-१९ का कारण यस वर्ष अनलाइन आयोजना हुँदैछ। पाँच दिन लामो कार्यशालापछि निर्माण युनिटले निर्णायकहरू एवं वितरक, संयोजक समक्ष आफ्नो फिल्मको योजना सुनाउने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell