PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

छठ छतमै मनाउन प्रशासनको उर्दी! पूजादेखि प्रसादका सामान किन्न बजार भने खुल्ला



राधेश्याम पटेल

छठ छतमै मनाउन प्रशासनको उर्दी! पूजादेखि प्रसादका सामान किन्न बजार भने खुल्ला

वीरगंज : हिन्दूहरुको महान पर्व छठमा वीरगंजको रौनक विशेष हुने गरेको थियो। तर यसपाली छठको रौनक र चहलपहल घटेको छ। कोरोना महामारी रोकथामका लागि भन्दै स्थानीय प्रशासनको उर्दीका कारण सर्वसधारण तथा व्रतालुहरु निराश र दुखी छन्।

पर्वमा प्रशासनले अंकुश लगाउने तयारी गरेपछि व्रतालुहरु दुखी बनेको हुन्। अघिल्लो वर्षहरुमा वीरगंज १२ मुर्लीका सर्मिला कुशवाहा मुर्ली पोखरी छठ घाटमा तामझामका साथ परिवारसँग अर्घ्य दिएर छठ मनाएकी थिइन्। तर यसपाली प्रशासनको निर्देशन र कोरोनाको डरले आफ्नै घरको छतमै परिवारसँग नियम पुरा गरेर छठ मनाउने मनस्थितिमा पुगेकी छिन्।

त्यसैगरी वीरगंज १० रानीघाटकी सुनिता साहले हरेक वर्ष घडिअर्वा पोखरीमा गएर हार्षोउत्सववीच छठ मनाउने गरेकोमा यसपटक आफ्नै टोलमा टेन्टमै सीमित हुने भएको छ। साह १० जना महिलाहरुको समूहसहित छठ पूजा गर्ने योजनामा छिन्। यस्तै वीरगंजको ३२ वटा वडामा यसपाली छठ पोहोरभन्दा पृथक ढंगबाट भइरहेको बुझिएको छ। तर वीरगंज बजारभन्दा ५ किलोमिटर परको ग्रामीण भेगमा पहिले जस्तै नदी, पोखरी, नहरको डिलमा घाट सजाइएको छ। गत वर्षको तुलनामा मात्र सिरसोप्ता बनाई बिजुली बत्तीको व्यवस्था गरेर मात्र छठ मनाउने तयारी भएको पर्सा, धोबिनी गाउँपालिका वडा नं ४ का सुरेश पटेल बताउँछन्। उनका अनुसार यसपाली वीरगंजमा प्रशासनले छठ मनाउन कडाई गरेपछि धेरैजसो गाउँ पुगेका छन्। उनले भने, ‘प्रशासनले वीरगंजको मीना मजार, माइस्थान, आदर्शनगर बजारको भीडभाड कम गर्न सकेको छैन, त्यसमाथि तराईको प्रमुख चाडको रुपमा मनाइने छठमा कठोर बनिदिएको छ। त्यसैले धेरैजसो गाउँ नै पसेका छन्। गाउँमा न त कोरोनाको डर छ न त प्रशासनको।’

वीरगंज घडिअर्वा पूजा समितिका पूर्व सदस्य मनोहर साहले यसपाली सिरसोप्ता र बिजुलीको मात्र तयारी गरिएको बताए। उनले प्रशासनबाट स्वास्थ्य मापदण्ड पालना गरी सीमित संख्यामा मात्र घडिअर्वा पोखरीमा छठ मनाउनुपर्ने निर्देशन आएकोले सोही अनुरुपमा तयारी भएको बताए। यसपटक ५ सयको हाराहारीमा मात्र दौरा आउने उनको अनुमान छ। जबकि पोहार १ हजारसम्म दौरा र लाखौको भीडभाड भएको थियो। त्यसैगरी, यसपाली घरघरमा छठ गर्ने संख्या बढेकोले घडिअर्वामा आउने व्रतालुको संख्यामा पनि कमी आउने उनले बताए। घडिअर्वा पोखरीमा छठ गर्ने आउने एक जना व्रतालुबाहेक अन्य दर्शनार्थीलाई निषेध गरिएको छ भने टेन्ट, पण्डाल, म्यूजिक सिस्टमलाई रोक लगाइएको छ।

वीरगंजको अर्को विशेष घाटको रुपमा वीरगंजको स्वीममिङ पुलको छठ घाट हो, त्यसमा पोहोर झै कम तामझाममा छठ गर्ने तयारी भएको छ। मुर्ली, नगवा, श्रीसिया, बुहअरी, रामगढवा, रानीघाट, भिस्वा, इनार्वालगायत दर्जनौं छठघाटमा यसपाली छठको रौनक कम पाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोरोना महामारी संक्रमण नफैलियोस् भन्ने उदेश्यले छठ पर्वमा भीडभाड नियन्त्रण गर्न प्रशसनले यस्तो निर्देशन दिएको बताए। उनले वीरगंज महानगरमा मात्र २६ वटा छठ घाटमा विशेष निगरानी राखिएको बताए। उनले वीरगंज बजारमा पनि पोहोरभन्दा कम भीडभाड भएको दावी गरे। भगवान सूर्यको आराधना गरी चार दिनसम्म मनाइने पर्वको शुक्रवार सझिया घाटे र शनिवार पारन परेको छ भने आज खरना अर्थात रसियाव रोटीको दिन परेको छ। छठको अर्घको सामान तथा ठेकुवा पकाउने र प्रसादको जोहो गर्ने व्रतालुहरु अहिले नजिकको बजारमा किनमेल गर्न भीडभाड गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell