PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एकै दिनमा सात सय सस्तियो सुन



रासस

एकै दिनमा सात सय सस्तियो सुन

काठमाडौं : सुनको मूल्यमा आज गिरावट आएको छ। कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ। सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला ७ सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४ सयमा कारोवार भएको छ। बुधवार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १ सयमा कारोबार भएको थियो। बुधवारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७ सयले घटेको हो।

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९ सयमा कारोबार भएको छ। बुधवार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६ सयमा कारोवार भएको थियो। यस्तै चाँदी भने प्रतितोला रु एक हजार २ सय १५ मा कारोवार भएको छ। बुधवार चाँदी प्रतितोला रु एक हजार २ सय ३० मा कारोबार भएको थियो। बुधवारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell