PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

बाराक ओवामाको किताब २४ घन्टामा ८ लाख ८७ हजार प्रति बिक्यो



पहिलोपोस्ट

बाराक ओवामाको किताब २४ घन्टामा ८ लाख ८७ हजार प्रति बिक्यो
Mark Hertzberg/ZUMA Wire/REX/Shutterstock

राष्ट्रपति बाराक ओवामाको अर्को किताब पनि बेस्ट सेलर बनेको छ। राष्ट्रपति ओवामाको आत्मकथा 'अ प्रोमिस्ट ल्यान्ड' चौबीस घन्टामा ८ लाख ८७ हजार प्रति बिक्री भएको छ। संयुक्त राज्य अमेरिका र क्यानडामा पहिलो दिन यति धेरै बिक्री भएको हो। प्रकाशक पेन्गुइन र्‍यान्डम हाउसले बेस्ट सेलिङको ट्र्याकमा पुस्तक पुगेको जनाएको छ।

राष्ट्रपति विल क्लिन्टनको 'माइ लाइफ' पहिलो दिन ४ लाख प्रति ब्रिकी भएको थियो भने जर्ज डब्लु बुसको 'डिसिजन पोइन्ट्स्' एकै दिन २ लाख २० हजार प्रति बक्री भएको थियो। ती दुवै पुस्तक अहिलेसम्म क्रमश: ३५ लाख र ४० लाख प्रति बिकीसकेका छन्। 

'पहिलो दिनको बिक्रीले हामीलाई उत्साहित बनाएको छ,' पेन्गुइन रेन्डम हाउसका डेभिड ड्रेकले भनेका छन्, 'राष्ट्रपति ओवामाप्रतिको सम्मान र उनको उच्चस्तरीय लेखाइको प्रतीक्षाको प्रतिबिम्ब बनेको छ यो।'

आ प्रोमिस्ड ल्यान्डले ओवामाको सन् २०११ को ह्वाइट हाउस यात्रा र ओसामा विन लादेनको हत्याको सन्दर्भलाई गहन रुपमा प्रस्तुत गरिएको छ। 

ओवामाको यसअघि नै द औडिएसिटी अफ होप, ड्रिम्स फ्रम माइ फादर : अ स्टोरी अफ रेस एन्ड इन्हेरिटेन्स, अफ दी आइ सिङ : ए लेटर टू माइ डटर्स प्रकाशित भइसकेको छ।

बाराकमात्र उनको परिवारका बेस्ट सेलिङ लेखक होइनन्। उनकी पत्नी मिखेल ओवामाको २०१८ मा प्रकाशित 'विकमिङ' पहिलो दिन नै ७ लाख २५ हजार प्रति बिक्री भएको थियो। पहिलो सात १४ लाख प्रति बिकेको थियो पुस्तक जुन छिटो अवधिमा बिक्री हुने पुस्तको सूचीमा कायम रह्यो। यो पुस्तक अहिलेसम्म एक करोडप्रतिभन्दा धेरै बिक्री भइसकेको छ भने अझै माग जारी छ। 

ओवामा जोडीले यी दुई पुस्तक वापत ६ करोड डलर पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell