सोमवार बिहारको मुख्यमन्त्रीको रुपमा सातौं पटक नितिश कुमारले सपथ लिए। राजनीतिक घमसानीका पहिलो दल तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) सत्ता बाहिर रहेको छ। त्यही एनडीए गठबन्धनको तर्फबाट तेस्रो दल बनेको जनता दल युनाइटेड (जेडीयू)का तर्फबाट दोस्रो ठूलो दल बनेको भारतीय जनता पार्टी (भाजपा)को सहयोगमा नितिश कुमार मुख्यमन्त्री बनेका छन्।
बिहारको राजनीतिक घटनाक्रम नियाल्दा अहिले एक साथ दुई वटा घटनाक्रम भएका छन्। पहिलो- सत्तापक्षमा कोही पनि मुस्लिम विधायक छैनन्। दोस्रो हिन्दु कट्टरपन्थी भाजपा ठूलो दलको रुपमा उदाएको छ। जबकि पहिलो दल बनेको आरजेडी भन्दा भाजपाको एक सिटमात्र कम छ।
यी दुई घटनालाई एक साथ जोडेर हेर्ने हो भने विहार जस्तो समाजवादी राज्यमा भइरहेको राजनीतिक परिवर्तनको रुपमा ब्याख्या गर्न सकिन्छ।
यदि टिकटको वितरणलाई लिएर हेर्ने हो भने एनडीए गठबन्धनका चार मुख्य घटकमध्ये नितिश कुमारको पार्टी जेडीयूबाहेक कसैले पनि मुस्लिम उम्मेदवारलाई चुनावमा उठाएनन्।
जेडीयूले ११ मुस्लिम उम्मेद्वारलाई टिकट दिए पनि उनीहरु सबै हार ब्यहोर्न बाध्य भए। जेडीयूका प्रवक्त राजीव रंजनले बीबीसीसँगको कुराकानीका क्रममा यसले आफूहरुलाई केही निराश पारेको प्रतिक्रिया दिएका छन्।
'हाम्रो गठबन्धनमा कुनै पनि दलको साथ रहे पनि जेडीयूको राजनीति सँधै समावेशी रहेको छ। यो एउटा अस्थायी राजनीतिक स्थिती हो जुन गुज्रिएर जाने छ भन्ने हाम्रो मान्यता हो। मुस्लिम समाज प्रति हाम्री प्रतिवद्धा छ। जुन अझै अघि पनि जारी रहने छ।'
बिहार राज्यका भाजपाका एक मात्र मुस्लिम प्रवक्ता अजफर शम्सी भन्छन्- 'भाजपा सबको साथ सबको विकास र सबको विश्वास राख्ने पार्टी हो। र, भाजपाका तर्फबाट कोही पनि मुस्लिमले टिकट नपाउनु बेइमानी हो। एनडीएले त मुसलमानहरुलाई टिकट दिएकै हो। टिकट बाँडफाँडमा मुस्लिम समाजको प्रतिनिधित्व पनि थियो। बाँकी युपी सरकारको प्रक्रिया जस्तै बिहारमा पनि अल्पसंख्यकको प्रतिनिधित्व प्राप्त हुनेछ।'
क्याविनेटमा छैनन् कोही मुस्लिम नेता
नितिश कुमार सरकारका १४ जना मन्त्रीले १६ नोभेम्वरमा सपथ लिइसकेका छन् जसमा एक पनि मुसलमान छैनन्। १४ मन्त्रीले सपथ लिए जसमध्ये ४ सवर्ण, ४ पिछडा वर्ग, ३ अति पिछडा र ३ दलित मन्त्री छन्।
सत्ता पक्षलाई यसप्रति प्रश्न उठेको छ। उनीहरु भने अर्को मन्त्रिपरिषदको विस्तारमा मुसलमान समुदायको प्रतिनिधित्व हुने भन्दै टारेका छन्। तर, एआईएमआईएमका प्रदेश अध्यक्ष तथा अमौर विधानसभा क्षेत्रका विधायक अख्तरुल ईमानले प्रश्न उठाएका छन्- 'मुकेश सहनीले पनि चुनाव हारेका थिए। उनलाई किन सपथ दिलाइयो? यो सबै सरकारको इच्छाशक्तिमा निर्भर हुने कुरा हो जुन वीजेपी र जेडीयू सरकारसँग छैन। यदि यी पार्टीबाट कोही मुस्लिम उम्मेदवारले जित हात पारे पनि उनीहरु पार्टी प्रति लगातार आफ्नो वफादारी एन्टी माइनरिटी गतिविधि गर्नमा ब्यस्त हुने छन्।'
यद्यपि, जेडीयूका पराजित उम्मेदवार अंजुम आराले भने चुनावी हारलाई समुदाय विशेषका साथ जोड्न नहुने बताए।
'मुस्लिम समुदायको उन्नती कोही मुस्लिम समुदायको ब्यक्तिले मात्र गरोस भन्ने जरुरी छैन। समुदायको प्रतिनिधित्व भन्दा समुदायको उन्नतीको कुरा मुख्य हो। जुन हाम्रा नेता नितिश कुमारले गर्दै आएका छन्। र, अघि पनि गर्ने छन्। बाँकी जेडीयूका सबै मुस्लिम उम्मेदवार पराजित भएका छन्। यस विषयमा गम्भीर समीक्षा गर्न जरुरी छ।'
मुस्लिम विधायक
विहार विधानसभा चुनावमा एआईएमआईएसले महत्त्वपूर्ण जित हात पारेको छ। त्यहाँ पार्टीका तर्फबाट ५ सिट जित पारेका छन्। अन्य पार्टीबाट विजयी हुने मुस्लिम उम्मेदवारहरुमा आरजेडीका ८, कांग्रेका ४, भाकपा (माले)का १ र बसपाका १ छन्।
२४३ विधानसभा सिट रहेको बिहारमा यसपटक १९ जना मुस्लिमको मात्र प्रतिनिधित्व भएको छ। बिहारको जनसंख्यामा १६ प्रतिशत हिस्सा मुस्लिम समुदायको छ। विधानसभा क्षेत्रको हिसाबले हेर्ने हो भने ४७ यस्ता सिट छन् जहाँ मुस्लिम समुदाय निर्णायक छन्। २०१५ को विधानसभामा २४ मुस्लिम अनुहार थिए। जसमा आरजेडीका ११ र जेडीयूका ५ जना थिए।
जेडीयूले यसपटक मुस्लिम समुदयाको प्रतिनिधित्व गराउन नसक्नुमा दुई कारण भएको संगठित दलित मुस्लिम समाजका अयुब राइन बताउँछन्। मुस्लिमको जनघनत्व भएको क्षेत्रमा ८५ प्रतिशत मुस्लिम समुदायका छन्। जसमा मुस्लिम समुदायलाई टिकट दिन कन्जुस्याईँ भयो। नितिश सरकारले १५ वर्ष देखि मुसलमानको लागि काम गर्यो। विभिन्न पदमा मुसलमानहरुलाई प्रतिनिधित्व गरायो। तर भाजपा विरुद्ध मुसलमानहरुको एनआरसी र सीएएको विरुद्ध रिस थियो त्यसलाई सम्बोधन गर्न जेडीयू असफल भयो।
के बिहार मुस्लिम तुष्टीकरणको बाटोमा हो?
यस विषयमा विधारका राजनीतिक विश्लेषकहरु पनि पनि विभाजित छन्। असदुद्दीन ओवैसीको पार्टी एआईएमआईएमको विजयीलाई सीमांचल क्षेत्रमा महागठबन्धनको हारको रुपमा हेरिँदै आएको छ। पत्रकार सुरुर अहमद बताउँछन्- 'मुसलमानको ७६ प्रतिशत मत यस पटक महागठबन्धनलाई प्राप्त भएको छ। एआईएमआईएम सामेल जीडीएसएफलाई करिब ११ प्रतिशत मत प्राप्त भएको छ। यस्तोमा ओबैसीको पार्टीको सामाजिक सञ्जाल र टीभीरुमा जसरी बढाई चढाइ गरिएको छ। जमिनी अवस्था त्यस्तो होइन। तर पनि बिहारमा ध्रुबीकरण र प्रति ध्रुबीकरण भइरहेको छ। यसलाई नकार्न सकिँदैन्। तारकिशोर प्रसाद जो कटिहार अर्थात् सीमांचलका हुन् उनी मुख्यमन्त्री बन्नु नै यसको संकेत हो।'
यता विधायक अख्तरुल ईमान भने आफूलाई कुनै समुदायमा बाँधेर नहेर्ने बताउँछन्। उनले सदनमा सरकारका कुनै पनिक मलाई हिन्दु मुस्लिमको चश्माले नहेर्ने गरी नीति सन्तुलित विकासका ल्याउने खालको छ कि छैन भनेर हेर्ने र सोही आधारमा लिने बताउँदै आवश्यक परे सदनदेखि सडकसम्म संघर्ष गर्ने बताउँछन्।
यही बीच बिहारको आम मुसलमान समुदाय असमन्जसमा छ।
समाजिक कार्यकर्ता असमां खान अहिलेको समय मुसलमान निराश रहेको बताउँछिन्। मुस्लिम महिलामाथि हिंशा बढी रहेको छ। साथै एनआरसी-सीएएको विषय पनि छ। कोही व्यक्ति मुसलमानको आवाज उठाउने नभएको उनले बताइन्। 'एआईएमआईएम बिहारमा उदायको त छ तर, यस पार्टीको राजनीति प्रति अधिक मुसलमानहरु जानकार छैनन्। हामी केवल पर्ख र हेरको अवस्थामा छौं,' उनले भनिन्।
'जंग-ए-आजादी में मुस्लिम समाज'का लेखक राघव शरण शर्मा बिहारमा जिन्नाका जबरदस्त विरोध गर्नेहरु अब्दूल बारी, मजहरुल हक, अब्दुल कयूम अंसारी रहेको बताउँछन्। बिहारको राजनीतिमा मुसलमान समुदायहरु दुई भागमा विभाजन भएको शर्मा बताउँछन्। 'एक हिस्सा प्रगतिशील राजनीति गर्ने र अर्को जिन्ना जमातको। उनीहरुको उद्देश्य हिन्दुको अन्तरविरोधको पाइदा उठाउने हो। प्रगतिशील विचार बोक्ने मुस्लमिहरु कांग्रेस र समाजवादी कम्युनिस्ट तीन ठाउँमा भेटिन्छन्,' उनले भने, 'बिहारमा लालु यादवले मुसलमानको विचारधारलाई इतरबाट जमातमा पुर्याए। जसको घाटा उनको पार्टीले उत्तर बिहारमा भोग्यो। यदि यो प्रवृतिलाई सामाजिक पहिचान प्राप्त भयो भने यसको परिणाम भविष्यमा खतरनाक हुने छ।'
(बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद)
