PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

थप २१०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, १७ जनाको मृत्यु



पहिलोपोस्ट

थप २१०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार १०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै नेपालमा दुई लाख १५ हजार २० जनामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो २४ घण्टामा भएको ९ हजार ८०५ नमुना परीक्षणमध्ये २१.४४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ। त्यस्तै संक्रमितमध्ये पछिल्लो २४ घण्टामा दुई हजार ८५८ जनामा संक्रमण मुक्त भएका छन्।  

हालसम्म नेपालमा संक्रमण पुष्टि भएका मध्ये एक लाख८५ हजार ६३८ जना संक्रमण मुक्त भइसकेका छन्। हाल नेपालमा २८ हजार १०६ जना सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell