PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कैलालीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु



एम बम

कैलालीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु

कैलाली : कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ७३ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि सेती अस्पताल पुर्‍याइएका उनमा अस्पताल भर्ना भएपछि कोरोना पुष्टि भएको थियो।

हिजो सेती अस्पतालको जनरल आइसीयूमा भर्ना भएका उनलाई कोरोना पुष्टि भएपछि अस्थायी कोरोना अस्पताल सारिएको र त्यही उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

उनको कैलालीको गोदावरी घाटमा नेपाली सेनाले अन्त्येष्टि समेत गरिसकेको छ।

तेघरीमा रहेको श्री भवानीदल गणबाट सह सेनानीनबल सिंह रोकायको कमान्डमा खटिएको टोलीले सुरक्षाका सबै उपाय अपनाउँदै मृतकका आफन्त र स्थानीयको उपस्थितिमा जलाएर अन्त्येष्टि गरेको  गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell