PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

घुस लिएको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बाविरुद्ध मुद्दा



रासस

घुस लिएको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिएको अभियोग लागेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशंकर महतोविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारबाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell