PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

गण्डकी प्रदेशमा १४० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु



रासस

गण्डकी प्रदेशमा १४० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा बिहीवार १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-९ का ८३ वर्षीया महिला, वडा नम्बर १७ का ७५ वर्षीया महिला, वडा नम्बर २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका-५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ।

बिहीवार थपिने संक्रमितमा सबैभन्दा बढी कास्कीका ७७, नवलपरासी (पूर्व)का २२, बागलुङका ११, गोरखाका १०, तनहुँका नौ, स्याङजाका पाँच, लमजुङका तीन, मुस्ताङका दुई र पर्वतका एक जना छन्। प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १० हजार ६८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell