PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

विवाहइतर सम्बन्धका कारण जापानी पपस्टारलाई गीत गाउन रोक



पहिलोपोस्ट

विवाहइतर सम्बन्धका कारण जापानी पपस्टारलाई गीत गाउन रोक
Getty Images

एक प्रतिष्ठित जापानी गायकलाई उनी संलग्न संस्थाले निलम्बन गरेको छ। मासाहिको कोन्डोलाई जोनी एण्ड एसोसियटले विवाहइतर सम्बन्धका कारण काम गर्न रोक लगाएको हो।

संस्थाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ : अव्यवहारिक कृयाकलापका कारण मासाहिकोको कडाभन्दा कडा सजायको हकदार छन्। उनले चेतना गुमाएको छन्। गैर जिम्मेवार रुपमा प्रस्तुत भएका छन्।

५६ वर्षीय गायकलाई सम्पूर्ण गायन,  कामहरूबाट रोक लगाइएको छ। गत साता उनको प्रेम सम्बन्धबारे एक म्यागजिनले सामाग्री प्रकाशित गरेको थियो। 

बीबीसीका अनुसार जापानमा सार्वजनिक व्यक्तित्‍वहरूलाई विवाहइतर सम्बन्धपछि सजाय दिइन्छ।

गायक मासाहिको जापानी पप आइडल हुन्। उनले आफ्नो गल्ती स्वीकारेर माफी मागेका छन् र सुध्रने वचनसमेत दिएका छन्। म्याची नामले चिनिने उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।  त्यस्तै उनकी श्रीमतीको पक्षमा मानिसहरू बोलिरहेका छन्। म्याचीको यसअघि पनि सम्बन्धहरू बारे चर्चा हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell