PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

छठको आज सझिया घाटे, कतै नदीमा कतै घरबाटै छठी माताको पूजा



राधेश्याम पटेल

छठको आज सझिया घाटे, कतै नदीमा कतै घरबाटै छठी माताको पूजा
वीरगंजको आदर्शनगरमा रहेको स्वीमिङ पुलमा छठ पर्वको अवसरमा झिलीमिली पारिएको दृश्य। तस्विर : राधेश्याम पटेल

वीरगंज : लोक आस्था तथा मधेस पहाडलाई जोडने साझा पर्व छठको आज मुख्य दिन मध्ये एक हो। कार्तिक शुल्क चतुर्थीदेखि कार्तिक शुक्ल सप्तरीसम्म चार दिन सम्म मनाइने छठको आज सझिया घाटे हो। सबै व्रतालुहरुले आज नजिकको नदी, तलाउ, पोखरी, जलाशयमा बनाइएको सिरसोप्तासहितको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने गर्छन्।

मानव जीवनलाई प्रकृति र विज्ञानसंग जोडन पनि यो पर्वको विशेष महत्व रहेको छ। व्रतालुहरुले चतुर्थीको पहिलो दिन नुहाई धुवाई घरको सरसफाई गरी छठ पर्वको पूजा सामाग्रीको जोहो गर्छन्। पहिलो दिनलाई ‘नहाए खाए’ को दिन भनिन्छ भने हिजो दोस्रो दिनलाई 'रसियाव रोटी' भनिन्छ। यसमा छठी मातालाई खिर र रोटीको पकवान बनाएर भोग लगाइन्छ।

त्यसैगरी,तेस्रो अर्थात आजको दिन अस्ताउँदो सूर्य र अन्तिम दिन भोली शनिवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर पारन गरी छठ पर्व समापन हुने गरेका छ। यो पर्वको विधि तथा मनाउने चलनमा सामाजिक एकता भएकोले आदीकालदेखि मनाइदै आएको पर्वको रुपमा पनि विश्लेषण गरिन्छ।

छठ पर्व गर्दा घरपरिवारमा सन्तान प्राप्ती,सुख शान्ति समृद्धि छठी माताले दिने जन विश्वास रहेको छ। यसमा अर्घमा सुपली वा ढाकनामा केरा, स्याउ, निम्बु, सुथनी, नरिवल, उखु, ठेकुवा, बातासा(प्रसाद), केराउ, अक्षतलगायत समाग्रीले सूर्य भगावनको उपासना गर्न अर्घ दिइन्छ।

छठ पर्वमा ठेकुवा कसार प्रसाद घरघर तथा आफन्तजन कहाँ वितरण गरिन्छ।

यो वर्ष कोरोना महामारीको कारण ग्रामिण भेगमा पुरानै शैलीमा धुमधामको साथ छठ पर्व छठ घाटमै मनाइदै छ। शहर बजारमा प्रहरी प्रशासनले भीडभाड गर्न कडाई गरेपछि छठको रौनक घटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell