PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

युट्यूबरविरुद्ध अक्षयको मुद्दा, ५ सय करोड क्षतिपूर्ती दावी



पहिलोपोस्ट

युट्यूबरविरुद्ध अक्षयको मुद्दा, ५ सय करोड क्षतिपूर्ती दावी

बलिउड स्टार अक्षय कुमारले एक युट्यूबरविरुद्ध मानहानीको मुद्दा हालेका छन्। उनले सुशान्त सिंह राजपुतमो मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर सामाग्री प्रसारण गर्ने राशिद सिद्दिकीलाई ५ सय करोड क्षतिपूर्तीसहित कारवाहीको माग गरेका हुन्।

राशिदले एक भिडियो अक्षयले सुशान्त सिंह राजपुतकी प्रेमिका रीया चक्रवर्तीलाई भागेर क्यानडा जान सहयोग पुर्‍याएको दावी गरेका थिए। उनले अक्षयले उद्धव र आदित्य थाकरेसँग सुशान्तबारे गोप्य छलफल गरेको बताएका थिए। भनेका थिए : सुशान्त अभिनित 'एमएस ध्वनी : द अनटोल्ड स्टोरी' हिट हुँदा पनि अक्षय खुशी थिएनन्।

प्रहरीले राशिदलाई यसअघि पनि पक्राउ गरेको थियो। उनले महाराष्ट्रका सीएम उद्धव ठाकरे र मन्त्री आदित्य ठाकरे बारे फर्जी खबर फैलाएको आरोपमा गिरफ्तार गरेको हो।

बलिउड हंगामाका अनुसार राशिद सिद्दिकीले चार महिनामा सुशान्त सिंहबारे सामाग्रीबाट १५ लाख कमाएका थिए। राशिद विहारका २५ वर्षीय सिभिल इन्जिनियर हुन्। पछिल्लो समय उनी विवादास्पद् भिडियो बनाएकै कारण चर्चामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell