PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

होटल व्यवसायी शाक्यको कोभिड १९ संक्रमणकै बीच गयो ज्यान



पहिलोपोस्ट

होटल व्यवसायी शाक्यको कोभिड १९ संक्रमणकै बीच गयो ज्यान

काठमाडौं : होटल संघ नेपाल हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन भएको छ।

उनको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कोरोना संक्रमणसँगै निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ७२ वर्षीय शाक्य अमर होटलका संचालक हुन्। उनका दुई छोरा छन्। जेठो छोरा चिकित्सक छन् भने कान्छाले होटल हेर्दै आएका छन्।

‘उहाँ सेल्फमेड म्यान हुनुहुन्थ्यो। होटल उद्योगमा उहाँको ठूलो योगदान छ,’ संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने, ‘संघमा उहाँले २२ वर्षदेखि अविछिन्न सेवा गर्नुभएको छ।’

शाक्य अध्यक्ष हुँदा होटल क्षेत्रमा देखिएको सेवा शुल्क विवाद समाधान भएको थियो। ‘उहाँ शालीन र भद्र भएकाले मजदुरसँगको सेवा शुल्क विवाद पनि सहज रूपमा समाधान भएको थियो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell