PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

मोडलको अर्धनग्न फोटोमा पोपको लाइक !



पहिलोपोस्ट

मोडलको अर्धनग्न फोटोमा पोपको लाइक !

ब्राजिलियन मोडलको फोटोमा पोप फ्रान्सिसको इन्स्टाग्रामबाट लाइक भएपछि हँगामा भएको छ।

भ्याटिकनले धर्मगुरुको आधिकारिक इन्स्टाग्रामबाट लाइक भएको विषयमाथि अनुसन्धान सुरु गरिएको जनाएको छ। ब्राजिलियन मोडल नातलिया गारिबोटोको स्कुल युनिफर्मवाला अर्धनग्न फोटोमा पोपको अकाउन्टबाट लाइक भएको हो। कुन समयमा लाइक भएको हो खोजीको विषय बनेको छ। पोपले अर्धनग्न फोटोमा लाइक गरेको खबर आएपछि भने तस्बिरमा अनलाइक गरिएको थियो।

होली सीका अधिकारीहरु अहिले लगातार रुपमा कसरी पोपको अकाउन्टबाट त्यस्तो हुन गयो भनेर खोजीमा जुटेका छन्।

फ्रान्सिस्कोका इन्स्टाग्राममा ७४ लाख फलोअर छन्। भ्याटिक प्रेस अफिस सुत्रले क्याथलिक न्युज एजेन्सीलाई बताएअनुसार उनको अकाउन्ट त्यहाँ कार्यरत कर्मचारीहरुले ह्यान्डल गर्दै आएका थिए। उनीहरुमाथि अनुसन्धान सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell