PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

प्रदर्शनको दुई वर्षपछि सुल्टियो 'स्त्री' निर्माताहरूबीचको विवाद



पहिलोपोस्ट

प्रदर्शनको दुई वर्षपछि सुल्टियो 'स्त्री' निर्माताहरूबीचको विवाद

फिल्म 'स्त्री' सन् २०१८ को अगस्टमा सार्वजनिक भएको थियो। राजकुमार राव र श्रद्धा कपुर अभिनित फिल्म प्रदर्शनपछि विवादमा तानियो। कारण – निर्माताहरू बीच आर्थिक लेनदेन।

स्त्रीलाई म्याड्डक फिल्म्सका दिनेश विजान र डीटूआर फिल्म्सका राज निदीमोरु र कृष्ण डीकेले सहनिर्माण गरेका थिए। फिल्म प्रदर्शनपछि संकलित फाइदा रकमलाई लिएर दुई पक्षबीच विवाद भयो।

विहीवार म्याड्डक फिल्म्सले विज्ञप्ती जारी गर्दै विवाद सुल्झिएको जानकारी दिएको हो। बलिउड हंगामाका अनुसार लेखिएको छ : 'अब फिल्मको सर्वाधिकार र वौद्धिक सम्पत्ती अधिकार म्याड्डक फिल्म्सको मात्र रहनेछ। यस घोषणा गर्दासम्म दुई पक्षबीचका सम्पूर्ण समस्याहरू पनि समाधान भएका छन्।'

स्त्री हरर कमेडी फिल्म हो। अन्य कलाकार अपारशक्ती खुराना, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको पनि अभिनय छ। अमर कौशिक निर्देशित फिल्मलाई राज र डीकेले लेखेका थिए।

फिल्म समीक्षात्मक हिसाबमा पनि सफल ठहरिएको थियो।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell