PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गर्न मन्त्री श्रेष्ठकाे निर्देशन



पहिलोपोस्ट

धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गर्न मन्त्री श्रेष्ठकाे निर्देशन

काठमाडौं : सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिएका छन्। शुक्रवार कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्। बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उनले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए।

पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने र फुटपातको व्यवस्थापन पनि हुन नसकेकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उनले बताए।  

उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले ठेक्का भएअनुसारको काम यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने राखिएको जानकारी दिए। आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत भएको उल्लेख गर्दै उनले १६ किलोमिटर सडक कालोपत्रे भइसकेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell