PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

धनगढीमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु



एम बम

धनगढीमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। गत कात्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो। उनी मिर्गौलासम्बन्धी रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका-५ निवासी ५५ वर्षीय पुरुषको पनि आजै उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि कात्तिक २५ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो। उनी मधुमेहको समस्याबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ।

मृतक दुवैको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell