PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कमलपोखरीमा छठ, कोरोनाले रोकेन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिन

कमलपोखरीमा छठ, कोरोनाले रोकेन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: छठ पर्वका व्रतालुहरुले आज धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठी माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्।

काठमाडौंको कमलपोखरीमा पनि वर्तालुहरुले सूर्यलाई अर्घ्य दिएका छन्। तर कोरोना संक्रमणका कारण यसपटक पहिला जस्तै धेरै संख्यामा मानिसहरु छठ मनाउन कमलपोखरी पुगेनन्। सीमित संख्यामा मानिसहरु दिउँसोदेखि नै कमलपोखरीम भेला भएका थिए।

प्रशासनले राजधानीले भेला भएर छठ नमनाउन र मिलेसम्म घरबाटै सूर्यलाई अर्घ्य दिन आग्रह गरेको थियो। त्यसैले थोरै संख्यामा पुगेका महिलाहरुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाए। कमलपोखरीमा पुगेका अधिकांशले मास्क लगाएका थिए भने स्वास्थ्य मापदण्डप्रति ध्यान दिइएको थियो।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell