PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

कोरोना संक्रमणका कारण सप्तरीका एक जनाको मृत्यु



रासस

कोरोना संक्रमणका कारण सप्तरीका एक जनाको मृत्यु

सप्तरी : बोदे बर्साइन नगरपालिका-३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

निमोनियासम्बन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी ज्येष्ठ नागरिक महिलाको बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो। यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell