PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

२४ घण्टाभित्र प्रदेश १ मा २०७ संक्रमित थपिए : १० जनाको मृत्यु, ४४७ जना डिस्चार्ज



फूलमाया पुरी

२४ घण्टाभित्र प्रदेश १ मा २०७ संक्रमित थपिए : १० जनाको मृत्यु, ४४७ जना डिस्चार्ज

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। ४ महिला र ६ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जसमा सुनसरीका ३ महिला र ६ पुरुषको मृत्यु भएको छ भने प्रदेश बाहिरका १ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ। जसमध्ये प्रदेश १ स्थायी घर भएका ९८ महिलासहित २८८ जना छन्। र, अन्य प्रदेशका ३ महिलासहित २४ जना रहेका छन्।

प्रदेश १ मा शुक्रवार २०७ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा ३/३, इलाम र धनकुटामा २/२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५/५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै, सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १/१, संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १/१, झापाको दमक र विर्तामोडमा ५/५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३/३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, तेह्रथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा २ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रवार ७७४ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २४ हजार ९४१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ४४७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell