PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

गण्डकी प्रदेशमा थपिए १३९ संक्रमित, आठ जनाको मृत्यु



रासस

गण्डकी प्रदेशमा थपिए १३९ संक्रमित, आठ जनाको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नम्बर ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुष छन्।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ का ५४ वर्षीय, वडा नम्बर ९ का ६८ वर्षीय, वडा नम्बर १३ का ५५ वर्षीय, वडा नम्बर १७ का २९ वर्षीय, वडा नम्बर २१ का ७५ वर्षीय र वडा नम्बर २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ। प्रदेशमा कूल संक्रमितको सङ्ख्या १० हजार ८२७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। प्रदेशमा हालसम्म छ हजार ७४ जना निको भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या चार हजार ६१४ पुगेको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell