रुपन्देही : बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रवार मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका-१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
संक्रमित दुवै जनामा उच्च ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ। तिलोत्तमा नगरपालिकाका पुरुषमा यही २ गते कोरोना पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कात्तिक २८ गते कोरोना पोजिटिभ देखिएको थियो।