PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एम्बाप्पेको दोहोरो गोलका बावजुत पीएसजी पराजित, मोनकोको पुनरागमन जित



पहिलोपोस्ट

एम्बाप्पेको दोहोरो गोलका बावजुत पीएसजी पराजित, मोनकोको पुनरागमन जित

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। स्टेड लुइस टू मा भएको खेलमा घरेलु टोली मोनकोले पीएसजीमाथि  ३-२ को उत्कृष्ट पुनरागमन जित निकालेको हो।

खेलमा किलियन एम्बाप्पेले खेलको २५ औं मिनेटमा एन्जेल डी मारियाको पासमा पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३७ औं मिनेटमा उनले नै पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा पीएसजी २-० ले अघि रह्यो।

दोस्रो हाफमा भने मोनको खेलमा फर्कियो। घरेलु टोलीका लागि ५२ औं र ६५ औं मिनेटमा केभिन भोल्याण्डले गोल गर्दै खेल बराबरीमा ल्याए। पीएसजीका अबडोउ डियालो ८३ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए। लगत्तै पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मोनकोका फाब्रिगसले निर्णायक गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे।

हारका बावजुत ११ खेलबाट २४ अंकबनाएको पीएसजी अंकतालिकाको शीर्षस्थानमा छ भने समान खेल खेलेको मोनको २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell