PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना भाइरस संक्रमण



पहिलोपोस्ट

डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना भाइरस संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बीबीसीका अनुसार ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर गत सातादेखि नै क्वारेन्टिनमा रहेको उनका प्रवक्ताले पुष्टि गरेका हुन्।

‘उनलाई कुनै पनि लक्षण देखिएन। तर पनि उनले संक्रमणविरुद्ध सम्पूर्ण सावधानी अपनाएका छन्’, जारी विज्ञप्तीमा लेखिएको छ। डन जुनियर ट्रम्पका जेठा सन्तान हुन्। यसअघि उनका १४ वर्षीय छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

डन जुनियरले राष्ट्रपति निर्वाचनको प्रचार प्रसारमा सक्रिय भूमिका निर्वाह गरेका थिए। डनकी पार्टनर एवं फक्स न्यूजकी प्रस्तोता किम्बर्ली गुइलफोयललाई जुलाईमा संक्रमण देखिएको थियो। त्यस्तै चुनावी प्रचार प्रसारका क्रममा डोनाल्ड ट्रम्प स्वयं संक्रमित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell