PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कोभिड-१९ विरुद्ध खोप : दर्ताका लागि अघि सर्‍यो फाइजर र बायोनटेक



पहिलोपोस्ट

कोभिड-१९ विरुद्ध खोप : दर्ताका लागि अघि सर्‍यो फाइजर र बायोनटेक
Reuters

फाइजर र बायोनटेकले संयुक्त रुपमा उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप शनिवार आपत्कालिन रुपमा दर्ता हुँदैछ। युनाइटेड स्टेट्स फुड एण्ड ड्रग एड्मिनिसट्रेसन (एफडिए)ले उक्त खोप लगाउनका लागि सुरक्षित भए नभएको निर्णय गर्नेछ।

एफडिएले डेटा अध्ययनका लागि कति समय लगाउँछ भन्ने निश्चित छैन। बीबीसीका अनुसार अमेरिकी सरकारले डिसेम्बरको दोस्रो सातासम्ममा उक्त खोपले अनुमति पाउने अनुमान गरेको छ। यसअघि भएका अध्ययनहरूले फाइजरको खोप ६५ वर्ष उमेर समूहका मानिसमा ९४ प्रतिशत प्रभावकारी भएको देखाएको छ।

फाइजरको उक्त खोप बेलायतले ४० लाख डोज मगाएको छ। जसमध्य १० लाख डोज यसै वर्षको अन्त्यसम्ममा पाउनु पर्ने माग छ।

अमेरिकामा पनि खोप अत्यावश्यक मानिएको छ। हाल त्यहाँ दैनिक संक्रमित मृत्युदर दुई हजार रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell