PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

फिल्म ‘पठान’को ४५ प्रतिशत नाफा रकम शाहरुख खानलाई



पहिलोपोस्ट

फिल्म ‘पठान’को ४५ प्रतिशत नाफा रकम शाहरुख खानलाई

बलिउड स्टार शाहरुख खान दुई वर्षपछि कमब्याक गर्दैछन्। फिल्म ‘पठान’मार्फत् उनी पुन: अभिनयमा फर्कन लागेका छन्। उक्त फिल्ममा उनी कलाकार मात्र रहने छैनन्। बलिउड हंगामाका अनुसार यशराज फिल्म्सले फिल्मको ४५ प्रतिशत नाफा रकम शाहरुखलाई दिँदैछ।

फिल्मकी अभिनेत्री दीपिका पाडुकोणले १५ करोड पारिश्रमिक पाउने खबर सार्वजनिक भएको थियो। त्यस्तै अर्का अभिनेता जोन अब्राहमले २० करोड पाउँदैछन्। जोन खलनायकका रुपमा प्रस्तुत हुँदैछन्। शाहरुख खानले भने नाफा भएको प्रत्येक एक सय करोडबाट ४५ करोड पाउने भएका छन्।

पठान सलमान खानको केमियो भूमिका रहने भएका कारण पनि चर्चामा छ। फिल्ममा सलमान ‘टाइगर ३’को पात्रको रुपमा प्रस्तुत हुनेछन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell