PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जय छठी माई : वीरगंजमा पारनको रौनक यस्तो देखियो

जय छठी माई : वीरगंजमा पारनको रौनक यस्तो देखियो

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन भएको छ। छठको चौथो दिनलाई पारन पनि भनिन्छ। शनिवार बिहान ६ बजे र २९ मिनेटपछि उदाएको भगावन सूर्यलाई अर्घ दिएर व्रतालुहरुले छठ पर्वको विधिवत समापन गरेका छन्।

व्रतालुहरुको अर्घ राखेको सुपली र ढाकनामा तराईमा पुरोहितहरुले गाईको दुधले भगवान सूर्यलाई अर्पण गरी सबै व्रतालुहरुको अर्घमा चढाउने गरेका छन्। शनिवार बिहान साढे ५ बजेदेखि व्रतालुहरुले भगावन सूर्यको अर्घ दिन तयारी अवस्थामा लाइनमा प्रतिक्षा गर्दै बसेका थिए। कार्तिक शुल्क चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने पर्वलाई लोक आस्थाको महापर्व पनि भनिन्छ। पहिले तराई मधेशमा मात्र मनाइने भए तापनि अहिले नेपालको विभिन्न जलाशयहरुमो छठ घाट बनाएर यो पर्व मनाउने गरिन्छ।

यो पर्वमा भगवान सूर्यको पूजा गरिन्छ भने छठी माताको उपासनाले रोग दोष, चर्मरोगको हरण भई सन्तान सुख र घरपरिवारमा खुशीयाली पनि प्राप्त हुने जनविश्वास रहेको छ। कोरोना कहर भएकोले यसपाली वीरगंजको मुख्य छठ घाट अघिअर्वा पोखरीमा छठ व्रतालुहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी छठ पर्व मनाउने तयारी भए तपानि सबै व्रतालु तथा दार्शनार्थीहरुलाई मास्क अनिवार्य गरिएको थियो। तर धेरैले प्रशासनको निर्देशनको पालना भने गरेनन्। वीरगंजको नगवा, आदर्शनगर, प्रगतिनगर, रानीघाट, कुमालटोल, मुर्ली, श्रीपुर, राधेमाईमा कतिपय व्रतालुहरुले आफ्नै निवास, आँगन, टोलको सार्वजनिक स्थानमा कृत्रिम जलाशय र छठिमाताको शिरसोप्ता बनाएर छठ पर्व मनाएका छन्। छठको बुधवार नहाय खाएको दिन थियो भने बिहीवार रसियाव रोटी अर्थात खारना, हिजो शुक्रवार सझिया घाटेको दिन थियो। यसपाली वीरगंजभन्दा ग्रामीण क्षेत्रमा छठ मनाउनेहरुको छहलपहल बढी पाइयो।



ट्रेन्डिङ पोस्ट

Ncell