PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

ट्रम्पको चुनावी नतिजा उल्टाउने सम्भावना थप साँघुरियो, रिपब्लिकन सांसदले भने : परिणामलाई लिएर कुनै निर्देशन पाएका छैनौं



पहिलोपोस्ट

ट्रम्पको चुनावी नतिजा उल्टाउने सम्भावना थप साँघुरियो, रिपब्लिकन सांसदले भने : परिणामलाई लिएर कुनै निर्देशन पाएका छैनौं

मिसिगन राज्यका सांसदहरुले जोय वाइडेनको जितको प्रक्षेपणलाई 'अनडू' गर्न नचाहेसँगै डोनाल्ड ट्रम्पको चुनाव जित्ने आशा थप साँघुरिएको छ। मिसिगनका सांसदहरुले मतपरिणाममाथि असन्तुष्टि नजनाएसँगै उनको चुनाव जितेरै छाड्ने रणनीतिमा धक्का लागेको छ।

दुई रिपब्लिकन सांसदहरुले ह्वाइट हाउसमा भएको छलफलपछि चुनावी नतिजालाई समान्य रुपमा ग्रहण गर्ने अभिव्यक्ति दिएका छन्। यसअघि जर्जियाको पुन: मतगणनाको परिणामले ट्रम्पको दावीलाई असत्य सावित गरिदिएको थियो। बाइडेनले झिनो मतान्तरले ट्रम्पलाई पछि पारेका छन् जर्जियामा। 

डोमोक्रेटले २० जनवरीमा संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने तयारी थालेका छन्। 

चुनावी प्रक्षेपण अनुसार डेमोक्रेटिक उम्मेदवार जोय बाइडेनले ३ सय ६ इलेक्ट्रोअल कलेज मत पाएका छन् जबकि जितका लागि २ सय ७० काफी छ। ट्रम्पको खातमा २ सय ३२ इलेक्ट्रोअल कलेज परेको छ। समग्र मतलाई आधार मान्ने हो भने ट्रम्पलाई बाइडेनले ५९ लाख मतले पछि पारेका छन्। 

नोभेम्बर ३ मा भएको निर्वाचनपछि सार्वजनिक समारोहहरुमा खासै नदेखिएका ट्रम्पले निर्वाचनमा आफ्नो जितको दावी भने गर्न छाडेका छैनन्। उनको दावीलाई अमेरिकी मिडियाले बारम्बार झुटो भन्दै आएका छन्। ट्रम्पले कुनै आधारविना नै चुनावमा धाँधली भएको दावी गर्दै आएका छन्। 

ट्रम्पका प्रेस सेक्रेटरी कायलेग म्याक्एनीले डेमोक्रेट र मिडियामाथि कडा आक्षेप लगाएकी छिन्। उनले मिडियाले कपटी व्यवहार देखाएको दावी गरेकी छिन्।

'सन् २०१६ मा ट्रम्प विधिअनुसार नै राष्ट्रपति निर्वाचित भएका थिए, धेरैले यसलाई वेवास्ता गरे, उनलाई बद्नाम गरे, वैधानिकतामाथि प्रश्न गरे र जितलाई अस्वीकार गरे। त्यतिखेर एकताको आह्वान गरिएन, शीर्षकमा त्यस्तो कहिल्यै आएन,' उनले भनिन्। 

राष्ट्रपतिको नयाँ कदम के होला?
कानुनी बाटोबाट असफलता हासिल हुँदा चुनावी नतिजालाई कसरी चुनौती दिन्छन् त ट्रम्पले? आफ्ना सांसदहरुलाई ट्रम्प विश्वस्त पार्ने सुरमा छन्। ती सांसदहरुले चुनावमा ट्रम्पले जितेको मिडियाबाट बहस गरुन भन्ने उनको टिमको चाहना छ। त्यसका लागि उनले विभिन्न राज्यबाट आफ्ना सांसदहरुलाई ह्वाइट हाउसमा डाकिरहेका छन्। अब पेन्सलभेनियाका सांसदहरुको पालो रहेको ह्वाइट हाउसका अधिकारीलाई उदृत गर्दै सीबीएस न्युजले जनाएको छ।

मिसिगन र पेन्सलभेनियामा परिणाम उल्ट्याउने ट्रम्पको चाहना सहज रुपमा पूरा हुने देखिन्न। कदम कदाचित यी दुई राज्यमा परिणाम उल्ट्याउन सफल भए पनि उनले जितका लागि थप अर्को राज्यमा जित हासिल गरेको हुनुपर्ने अवस्था छ।

ह्वाइट हाउसमा छलफलमा गएका दुई रिपब्लिकन सांसदहरुले त्यहाँ कोभिड १९ को विषयलाई लिएर कुराकानी भएको जनाएका छन्। ट्रम्पले परिणाम उल्ट्याउने विषयमा कुराकानी नभएको उनीहरुको दावी छ। मिसिगनमा बाइडेनले १ लाख ५४ हजार भोटले जित हासिल गरेका छन्। 

ह्वाइट हाउसले पनि यसअघि कुनै एड्भोकेसी मिटिङ नभएको बताउँदै कोभिड १९ को विषयमा छलफल चलिरहेको दावी गरेको थियो। 

मिसिगनका सांसद माइक शिर्की र ली च्याटफील्डले संयुक्त वक्तव्य जारी गर्दै चुनावी मतपरिणाम परिवर्तनका विषयमा आफूलाई अहिलेसम्म कुनै जानकारी नगराइएको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell