PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

कोभिड १९ को दोस्रो वेबको डरले कतै लकडाउन त कतै कर्फ्यू



पहिलोपोस्ट

कोभिड १९ को दोस्रो वेबको डरले कतै लकडाउन त कतै कर्फ्यू

नयाँ दिल्ली : कोभिड १९ का संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेपछि हरियाणा र राजस्थानमा पुन: लकडाउन र निषेधाज्ञा जारी गरिएको छ। 
हरियाणामा एकै दिन ३ हजारभन्दा धेरै संक्रमित थपिएपछि नोभेम्बर ३० सम्मका लागि विद्यालयहरु पुन: बन्द गरिएको छ। मध्यप्रदेशले पाँच जिल्लामा रात्रीकालनी कर्फ्यु लगाएको छ भने गुजरातले अहेमदावाददेखि सुरत, बडोदरादेखि राजकोटसम्म रात्रीकालिन कर्फ्यु लम्ब्याएको छ।

राजस्थानमा एकै दिन २७ सय ६२ जनामा संक्रमण देखिएको छ जुन अहिलेसम्मकै उच्च हो। यसका ३३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। उत्तर प्रदेश सरकराले पनि कोभिड १९ को दोस्रो उछालको सम्भावनालाई मध्यनजर गरेर मानिसहरुलाई घरभित्रै रहन उर्दी गरेको छ।

महाराष्ट्रले कक्षा नौ देखि १२ सम्म खुलाउने निर्णय गरेको भए पनि मुम्बई, ठाणे, नवी मुम्बई र पानभेल लगायतका स्थानमा स्कुल पनु बन्द गर्ने निर्णय भएको छ। यो वर्षभरि नै स्कुल संचालनमा आउने छैनन्, ती ठाउँमा। महाराष्ट्रमा दिल्लीबाट आउने विमान र रेललाई पनि रोक्ने तयारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell