
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ६ सय ७४ नयाँ कोभिड १९ संक्रमित पहिचान भएका छन्। यससहित नेपालमा संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ७ जना संक्रमितको मृत्यु भएको छ। यही अवधिमा नै २ हजार ३ सय २३ जना संक्रमित ठीक भएका छन्। यससँगै नेपालमा कोभिड १९ ठिक हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ।
आज थप ७ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय पार भएको छ। संक्रमणकै क्रममा मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको हो।
अहिले २४ हजार ९ जना संक्रमित आइसोलेसनमा छन् भने ७ सय ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।