PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा १३५ संक्रमित थपिए : ३६८ जना डिस्चार्ज, ९ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा १३५ संक्रमित थपिए : ३६८ जना डिस्चार्ज, ९ जनाको मृत्यु

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

सुनसरीमा एकै दिन ३ महिलासहित ८ जना संक्रमितको मृत्यु भएको छ भने झापामा एक महिला संक्रमितको मृत्यु भएको हो। यससँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२१ पुगेको छ।

त्यस्तै, प्रदेश १ मा शनिवार १३५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३/३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २/२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १/१, स्थानीय तह नखुलेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १/१, इलामको इलाम नगरपालिकामा २, माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिवार ४७० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ८२ हजार ६०७ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिवार ३६८ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell