PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु



रासस

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

दमौली : तनहुँको भानु नगरपालिका-५ पञ्चनगरमा शनिवार मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ। डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा ७० प ६९०१ नम्बरको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। बालकको टाउकामा चोट लागेको थियो। ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell