PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बलिउड निर्देशकको नेपाली फिल्म ‘डिसेम्बर फल्स’ घोषणा



पहिलोपोस्ट

बलिउड निर्देशकको नेपाली फिल्म ‘डिसेम्बर फल्स’ घोषणा

काठमाडौं : नेपाली फिल्म ‘डिसेम्बर फल्स’ निर्माण घोषणा भएको छ। सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार कार्यक्रम आयोजना गरी जानकारी दिइएको हो। फिल्मलाई भारतीय फिल्मकर्मी प्रवीण झाले निर्देशन गर्नेछन्।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन्। फिल्मका लागि अभिनेत्री भने चयन भएकी छैनन्।

‘डिसेम्बर फल्स’लाई भारतीय फिल्म उद्योगमा सक्रिय छायाँकार रबि नायडुले खिच्नेछन्। फिल्मको कथा बिपीका खनालले लेखेकी हुन्। बिपीका पेशाले नर्स हुन्। फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका विविध परिस्थितिलाई समावेश गरिने बताइएको छ। फिल्मको पटकथा र संवाद भने केदार भुसालले तयार पारेका हुन्।

माघ ४ गतेदेखि फिल्म युनिट छायाँकनका लागि निस्कनेछ।

२०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ। फिल्म काठमाडौ र पोखरामा खिचीने बताइएको छ। रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरालगायतका फिल्म निर्माण गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell