PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्र अब फस्टाउँछन् : उद्योगमन्त्री भट्ट



रासस

कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्र अब फस्टाउँछन् : उद्योगमन्त्री भट्ट
फाइल फोटो।

भजनी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन्।

कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको शनिवार अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए। उनले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताए।

‘लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने छ। यसमा पनि यस क्षेत्रमा सार्वजनिक जग्गाको पनि कमी छैन’, मन्त्री भट्टले भने, ‘सडक सञ्जाल अव्यवस्थित भएकाले व्यवस्थित गर्न जरुरी छ। सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ।’

कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालन गर्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell