
काठमाडौँः नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अर्थ विभागका अध्यक्ष प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभागकै सदस्य सञ्जीव नेपाली ‘सूवर्ण’ पक्राउ परेका छन्।
विभागको कामका सिलसिलामा व्यवसायीहरुसँग बैठक बसिरहेका बेला दर्नाल र नेपाली पक्राउ परेको पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नक्खु क्षेत्रबाट शुक्रबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पार्टीले पक्राउको विरोध गरेको छ। दर्नाल र नेपालीलाई तत्काल रिहा गर्न पनि माग गरिएको छ। जबर्जस्ती चन्दा असुलीको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रवक्ता प्रकाण्डले उक्त आरोप भने मिथ्या भनेका छन्।