PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

प्रहरीले विफल पार्‍यो हत्या योजना, कटुवा पेस्तोलसहित एक जना पक्राउ



रासस

प्रहरीले विफल पार्‍यो हत्या योजना, कटुवा पेस्तोलसहित एक जना पक्राउ

लहान : प्रहरीले शनिवार सिरहाको औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका-५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए। स्थानीयवासी विनोद यादवलाई गोली हानी हत्या गर्ने योजना बनाएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छठपर्व मनाउन घाट पुगेका दासलाई हतियारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

पक्राउ परेका दासमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell