PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

बार्सिलोनामाथि एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

बार्सिलोनामाथि एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई हराएको छ। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीले बार्सिलोनामाथि १-० गोलअन्तरको जित निकालेको हो।

एट्लेटिकोको जितमा निर्णयाक गोल याननिक कारास्कोले गरे। उनले पहिलो हाफको अतिरिक्त समय गरेको गोलनै एटलेटिकोलाई शीर्ष स्थानमा रहेको रियल सोसिसाड सँग अंक बराबरी गर्न पर्याप्त बन्यो।

सोसिडाड ९ खेलबाट २० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने ८ खेलबाट समान २० अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ। उता बार्सिलोना भने ८ खेलबाट ११ अंक बनाउँदै तालिकाको १० औं स्थानमा खुम्चिएको छ।

त्यस्तै गएराति नै भएको ला लिगाकै अर्को खेलममा सेचियाले सेल्टा भिगोलाई ४-२ ले हराएको थियो। जितसँगै सेभिया अंकतालिकामा सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell