PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम शीर्षस्थानमा



पहिलोपोस्ट

म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम हट्स्पर शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले सिटीलाई २-० ले हराएको हो।

खेलमा टोटेनहमले अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटमै सन ह्युङ् मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनको गोलमा टोटेनहम पहिलो हाफमा १ गोलले अघि रह्यो। दोस्रो हाफमा जिओभानी लो चेल्सोले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले खेलको ६५ औं मिनेटमा ह्यारी केनको पासमा गोल गरेका थिए। उता सिटीले गोल फर्काउन नसक्दा टोटेनहमले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै ९ खेलबाट २० अंक बनाएको टोटेनहम अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। उता सिटी भने ८ खेलबाट १२ अंक बनाउँदै तालिकाको ११ औं स्थानमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell