PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रोनाल्डोको दोहोरो गोलमा युभेन्टसको जित



पहिलोपोस्ट

रोनाल्डोको दोहोरो गोलमा युभेन्टसको जित

इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले काग्लिअरीमाथि सानदार जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले २-० को जित निकालेको हो। युभेन्टसको जितमा दुबै गोल क्रिस्टियानो रोनाल्डोले गरे।

युभेन्टसले खेलको ३८ औं मिनेटमा रोनाल्डोको गोलमा अग्रता बनाएको थियो। अल्भेरो मोराटाको पासमा पहिलो गोल गरेका रोनाल्डोले दोस्रो गोल ४२ औं मिनेटमा मेरी डिमिरलको पासमा गरे। पहिलो हाफमै युभेन्टस २-० ले अघि रहेको थियो। दोस्रो हाफमा दुबै पक्षबाट गोल नहुँदा खेल २-० ले युभेन्टसले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै युभेन्टस अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ८ खेल खेलेको युभेन्टसको १६ अंक छ भने शीर्षस्थानमा रहेको एसी मिलानले ७ खेलबाट १७ अंक बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell