PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

बाइडेनको जितको घोषणा ढिलो गराउन ट्रम्पको यस्तो रणनीति



पहिलोपोस्ट

बाइडेनको जितको घोषणा ढिलो गराउन ट्रम्पको यस्तो रणनीति

मिसिगन राज्यका रिपब्लिकन पार्टीका अधिकारीहरुले त्यहाँको डलेक्ट्रोअल बोर्डलाई पत्राचार गरेर दुई साता सबै प्रकृया स्थगित गर्न भनेका छन्। उनीहरुले डेट्रोइट काउन्टीको मत गणना पुनर्मूल्याङ्कन गर्नुपर्ने भएको बताउँदै पत्राचार गरेका हुन्। यो काउन्टी अमेरिकाको धेरै जनसंख्या भएको काउन्टीमध्येको एक हो।

रिपब्लिनबाट आएको यस्तो प्रस्तावको मिसिगनको डिपार्टमेन्ट अफ स्टेटले भने प्रतिकार गरेको छ। उसले भनेको छ - ढिलो र पुनर्मूल्यांकनका लागि कानुनले अनुमति दिँदैन।

मिसिगनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोय बाइडेनले जित निकालेको प्रोजेक्सन यही महिनाको सुरुवातमा सार्वजनिक भएको थियो।  
दुई डेमोक्रेटस र दुई रिपब्लिकन्ससहितको मिसिगन इलेक्ट्रोल बोर्डले सोमवार चुनावी परिणामलाई प्रमाणिकरण गर्ने तयारी गरेको छ। ट्रम्पले त्यसैलाई रोक्न चाहिरहेका हुन्।

यो बोर्डले पेश गरेको चुनावी नतिजालाई मिसिगनका सेक्रेटरी र गभर्नरले प्रमाणिकरण गर्नेछन्। यी दुवै डेमोक्रेटस समर्थक रहेकाले ट्रम्पले चाहेजस्तो अवरोध हुने सम्भावना ज्यादै न्युन छ। 

निर्वाचन परिणाम सार्वजनिक हुनेक्रमसँगै ट्रम्प र उनका कार्यकर्ताहरुले निर्वाचनमा धाँधली भएको दावी गर्दै आएका छन्। 

राष्ट्रपति ट्रम्पले आफ्ना सांसदमार्फत् दवाव दिनका लागि ह्वाइट हाउसमा विभिन्न राज्यका प्रतिनिधिसँग अस्वभाविक हिसाबका छलफलहरु जारी राखेका छन्। यसैक्रममा हिजो मिचिगनका सांसदहरुसँग उनले कुराकानी गरेका थिए। उनीहरुले चुनावको नियमिति प्रकृयामा कुनै परिवर्तनको संकेत नदेखिएको बताएका थिए। निर्वाचनयता ट्रम्पले सार्वजनिक समारोहहरुमा उपस्थिति पातलो बनाइसकेका छन्।  

शनिवार मिसिगनको रिपब्लिकन पार्टीले वायन काउन्टीको पूरै मत दोहर्‍याएर गन्नुपर्ने प्रस्ताव गरेका छन् जहाँ डेमोटक्रेट उम्मेदवारले अत्याधिक मत हासिल गरेका थिए। 

निर्वाचनमा धाँधली भएको भन्दै उक्त पत्र रिपब्लिकन नेसान कमिटीका अध्यक्ष रोना म्याकड्यानिअल र मिचगनका पार्टी प्रमुख लाउरा कक्सले लेखेका हुन्। रिपब्लिकन पार्टीका अध्यक्षले समग्रमा बाइडेनको जितलाई अस्वीकार गरेकी छिन्। बाइडेन जनवरी २० मा सत्ता सम्हाल्ने तयारीमा जुटिसकेका छन्।

ट्रम्प प्रशासनले राष्ट्रपतिको संक्रमणकालीन प्रकृयामा अझै बाइडेनलाई प्रवेश गराएको छैन। उनले यस अवधिमा पाउनुपर्ने अफिस तथा ब्रिफिङ केही पनि पाएका छैनन्। 

शनिवार नै सोसल मिडिया कम्पनी ट्विटरले अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डल जनवरी २० मा बाइडेनलाई हस्तान्तरण गरिने सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डल @Potus हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell