PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

ट्राफिकको आज विशेष अभियान, नियम मिच्नेलाई कारबाहीभन्दा 'सम्झाइ बुझाई'



पहिलोपोस्ट

ट्राफिकको आज विशेष अभियान, नियम मिच्नेलाई कारबाहीभन्दा 'सम्झाइ बुझाई'

काठमाडौंः महानगरी ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी भीमप्रसाद ढकालको सरुवा भइसकेको छ। भोलि (सोमबार) बाट उनी महाशाखाबाट बिदा हुँदै छन्। महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दा ट्राफिक प्रहरीमा सुधारका विभिन्न अभियान चलाएर चर्चामा रहेका छन्।

त्यस्तै एसएसपी ढकालले आज काठमाडौं उपत्यकाभित्र विशेष अभियान चलाएका छन्। उनी यो अभियानलाई विशेष र 'सप्राइज' अभियान समेत भन्छन्। आज दिनभर काठमाडौं उपत्यकाभित्र ट्राफिक प्रहरीले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने छैन। बरु उनीहरूलाई सम्झाई बुझाइ गरेर छोडिने छ।

'यो विशेष अभियान हो। यसले चालकहरूमा ट्राफिकले कारबाही मात्र गर्छ भन्ने भावना नहोस् ट्राफिक नियम आफ्नो लागि पनि हो भनेर यस्तो गरिएको हो,' एसएसपी ढकालले भने।

तर ट्राफिकले कारबाही नै गर्दैन भन्ने चाही होइन। गम्भीर प्रकृतिका लापरबाही बाहेक साधारण लापरबाहीमा मात्र सम्झाएर छोडिने हो। महाशाखाले यो अभियानको लागि भन्दै विभिन्न सिफ्टमा करिब ११ सय ट्राफिक प्रहरी परिचालन गरेको छ।

'आज प्राय सबै ट्राफिक प्रहरी हातमा सचेतना प्लेकार्ड लिएर बसेका हुन्छन्। उनीहरूले सबै चालकलाई नियमको बारेमा सम्झाउने गर्दछन्,' एसएसपी ढकालले भने।

त्यसो त ट्राफिक प्रहरीले यसअघि पनि नियम मिच्नेलाई आर्थिक कारबाहीभन्दा सडकमा होल्ड गर्ने, सडकमा नै सडक नियम सम्बन्धी कक्षा सञ्चालन गर्ने गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell