PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट, गेटमा भेटिएको अर्को शंकास्पद डिस्पोज गर्न सेनाको टोली घटनास्थल पुग्दै



पहिलोपोस्ट

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट, गेटमा भेटिएको अर्को शंकास्पद डिस्पोज गर्न सेनाको टोली घटनास्थल पुग्दै
फाइल फोटोः सुकेधारमा भएको बम विस्फोटको

काठमाडौं : उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ।

आज बिहान १ बजेतिर कार्यालयको हेल्प डेक्स रहेको स्थानमा विस्फोट भएको हो। विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको छ।

'उपाध्यक्षज्यू बस्ने र अर्को कोठामा क्षति पुगेको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ,' गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले भने।

त्यस्तै, कार्यालयको गेटमा समेत शंकास्पद वस्तु फेला परेको छ। सो वस्तु विस्फोटक पदार्थ हुनसक्ने आशंकामा प्रहरीले डिस्पोजको तयारी गरिरहेको छ। नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुग्दैछ।

'घटनाको अनुसन्धान गरिरहेका छौं। कसले र किन राख्यो भन्ने खुलेको छैन,' जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमप्रसाद दाहालले भने।

अर्को पनि शंकास्पद वस्तु देखिएकाले प्रहरीले कार्यालय पूर्ण शिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell