PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

खुम्बुमा रहेको यति समूहको 'यति माउन्टेन होम'मा आगलागी



पहिलोपोस्ट

खुम्बुमा रहेको यति समूहको 'यति माउन्टेन होम'मा आगलागी

काठमाडौं : सोलुखुम्बुको फाग्दिङमा रहेको यति माउन्टेन होममा आगलागी भएको छ।

आज बिहान ८ बजेतिर आगोलागी भएको हो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द लिम्बुले जानकारी दिए।

'आगलागीका कारण होटेलको किचेन र डाइनिङ हलमा क्षति पुगेको छ,' डीएसपी लिम्बुले भने।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा विद्युत सर्ट भएर आगो लागेको देखिएको छ। यो चर्चित पर्यटन व्यवसायिक समूह यति ग्रुपबाट संचालित होटल हो। स्वर्गीय आङ्छिरिङ शेर्पाले नाम्चे र लुक्लाको बीचमा पर्ने फाक्दिङमा यो होटल सुरु गरेका हुन्। यति समूहको यति एयरलाइन्स, तारा एयर, थामसेर्कु ट्रेकिङ, गोकर्ण रिसोर्टका संचालन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell